ताजा खबर विदेश News

टर्की विमानस्थलमा आक्रमण ३२ जनाको मृत्यु

टर्की विमानस्थलमा आक्रमण ३२ जनाको मृत्यु

Turky असार १५ – टर्कीको राजधानी स्थानबुलमा रहेको मुख्य विमानस्थलमा आत्मघाती बम आक्रमण तथा अन्धाधुन्ध गोली प्रहारका कारण ३२ जनाको ज्यान गएको छ । युरोकपको सबै भन्दा व्यस्तमध्येको स्थानबुलको विमानस्थलमा तीन जना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तथा बम विस्फोटका कारण कम्तिमा ३२ जनाको ज्यान गएको हो । घटनामा ६० भन्दा धेरै घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

t

आक्रमणकारीले अटाटुर्क अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको मुख्य प्रवेशद्वारमा घुसेर आक्रमण गरेका हुन् । प्रहरीले गोली चलाउन थालेपछि आक्रमणकारीले आफैलाई विस्फोट गराएका थिए । आक्रमण योजनाबद्ध रहेको टर्कीका अधिकारीहरुले जनाएका छन् । आक्रमणपछि अटाटुर्क विमानस्थलमा जहाजको उडान तथा अवतरण रद्द गरिएको छ । सरकारी अधिकारीले नागरिकलाई विमानस्थल वरपर नजान आग्रह गरेका छन् । विमानस्थलमा भएको आक्रमणमा कुर्द चरमपन्थी वा इस्लामिक स्टेट आइएसको संलग्नता हुन सक्ने अनुमान गरिएको छ । ।

Turky

विशेष