कार्यालयमै सुतेर दिन काट्छन् स्वास्थ्यका कर्मचारी
असार १५ । मंगलबार दिउँसो मोरङको मोतीपुरस्थित स्वास्थ्य चौकी पुग्दा एक जना महिला कर्मचारी कार्यालयमै सुतिरहेकी थिइन् । उत्तरतर्फ सिरानी लगाएर बेन्चमा पल्टिएकी उनी घुर्दै थिइन् । स्वास्थ्य चौकीमा को आयो र गयो भन्ने हेक्का उनलाई थिएन । चौकीको मुख्य द्वारछेउमा बेन्च राखिएको थियो । मास्तिर सिलिङ पंखा घुमिरहेको थियो । उनी भने सलले अनुहार छोपेर मस्त निदाएकी थिइन् । बिरामी जाँच गर्ने, कार्यालय प्रमुख बस्ने र बिरामीलाई परामर्श दिने कोठाा खाली देखिन्थ्यो ।
स्वास्थ्य चौकीका तीनवटामध्ये एउटामा चिकित्सक बस्छन्। अर्कोमा बिरामी जाँच हुन्छ । एउटामा चाहिँ बिरामीसँग परामर्श गरिन्छ । कोठाामा पंखा घुमिरहेका थिए । टेबुलमा मुख खुलेका औषधिका बट्टा देखिन्थ्ये । बिरामी जाँच गर्ने कोठामा औषधि मिलाएर राखिएको थियो । तर स्वास्थ्य जाँच गर्ने र औषधि वितरण गर्ने कर्मचारी देखिँदैनथे। स्वास्थ्य जाँच गर्दा प्रयोग गरिने उपकरण असरल्ल छरिएका थिए। छेवैमा तौल जोख्ने मेसिन थियो । अन्नपूर्ण पोष्ट
Health