ताजा खबर प्रवास News

शव फिर्ता नहुँदा कामदार बन्धक!

शव फिर्ता नहुँदा कामदार बन्धक!

Prison

असार १५ । आफू संगै दुर्घटनामा परेर मृत्यु भएकाको शव नेपाल नफर्काएसम्म फर्कन नपाउने भन्दै एक नेपाली कामदारलाई साउदी अरबमा बन्धक बनाएर राखेको पाइएको छ । चार वर्षअघि दुर्घटनमा परेर बाँचेका इटहरी खनारका मिलन विकलाई अलफराइना कम्पनीले बन्धक बनाएर राखेको हो । उक्त दुर्घटनामा मृत्यु भएका बाँके सीतापुरका हर्षमान खत्रीको शब अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन । शब नेपाल नफर्काएसम्म फर्किन नपाउने भन्दै विकको पासपोर्ट र अन्य कागजात कम्पनीले नै राखेको छ ।

रोजगारीका लागि साउदी गएको आठ वर्ष नाघिसक्यो । विकका बाबु धनबहादुरले भने,‘कहिले शब नेपाल आउने हो र मेरो छोरा फर्किन पाउने हो ? ’ धनबहादुरका अनुसार पछिल्लो चार वर्षयता कम्पनीले मिलनलाई तलब दिएको छैन । उनले भने,‘काम गरेपाबत खान र बस्न बाहेक कुनै सुविधा दिएको छैन ।’ कान्तिपुर दैनिक

Nepali

विशेष