अपराध सुरक्षा ताजा खबर News

नेपाल प्रहरीको सामान खरिदमा अनियमितता

नेपाल प्रहरीको सामान खरिदमा अनियमितता

Nepal Police

काठमाडौं, असार १५ । नेपाल प्रहरीले विदेशी कम्पनीबाट सामान खरिद गर्दा कानुनविपरीत पेस्की दिएको पाइएको छ । नेपाल एजेन्सी ऐन २०१४ अनुसार दर्ता नै नभएका स्थानीय एजेन्टमार्फत प्रहरीले सामान खरिद प्रक्रिया अघि बढाएको छ । त्यसरी खरिद गर्न विभिन्न कम्पनीका पाँच स्थानीय एजेन्टलाई १५ करोड ४४ लाख पेस्की दिइसकेको छ । प्रहरीले इलेक्ट्रोनिक सामान र जुत्ता खरिदका लागि यो रकम भुक्तानी दिएको हो । एउटै एजेन्टलाई सात करोड ८९ लाखसम्म पेस्की दिइएको छ ।

मोटोरोला प्याकेज खरिदका लागि प्रहरीले ग्रेहर्ड इलेक्ट्रोनिक्सलाई सात करोड ८९ लाख पेस्की दिएको हो । प्रहरीले हाएटेरा सेट खरिदका लागि प्लाटिनम इन्टरप्राइजेजलाई एक करोड ९३ लाख, डिजिटल फरेन्सिक ल्याबको सामान खरिदका लागि नीलगिरी इन्टरप्राइजेजलाई दुई करोड ७४ लाख पेस्की दिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । त्यस्तै, फरेन्सिक ल्याब इक्युपमेन्ट खरिदका लागि मुक्तिनाथ ट्रेड कन्सर्न एक करोड ५८ लाख दिइएको छ । प्रहरीको पिटी जुत्ता खरिद गर्न आज्ञा इम्पेक्सलाई एक करोड ३० लाख पेस्की दिइएको छ ।

खरिद व्यवस्थापन आर्थिक कार्याविधि नियमावली, २०६४ को नियम २० (३) मा ठेक्कापट्टा स्वीकृत गर्ने काम पहिलो चौमासिकभित्र गरी सक्नुपर्ने व्यवस्था छ । तर, प्रहरी प्रधान कार्यालयमार्फत भएको ठेक्का व्यवस्थापन तेस्रो त्रैमासिकसम्ममा गरिएको छ । प्रहरीले आफ्नो भण्डारमा भएका जिन्सी सामान मौज्दातको अध्ययन नै नगरी थप खरिद गर्ने गरेको पनि पाइएको छ । सार्वजनिक खरिद नियमावली २०६४ अनुसार सामान खरिद गर्दा आवश्यकताको पहिचान गर्नुपर्ने हुन्छ । तर, प्रहरी प्रधान कार्यालयले अघिल्लो वर्ष खरिद गरेको ३१ करोड ७७ लाखको कपडा मौज्दात हुादाहुादै आर्थिक वर्षको अन्त्यमा त्यही सामान खरिद गरेको पाइएको महालेखाले जनाएको छ । नयाँ पत्रिका

Nepal Poice

विशेष