दलाई लामासँग भेट गरेकाे भन्दै पप स्टार लेडी गागालाई चीनमा प्रतिबन्ध
असार १५ । विश्व प्रख्यात पप स्टार लेडी गागालाई चीनमा प्रतिबन्ध लगाइएको छ । समाचार एजेन्सीहरुका अनुसार चीनमा गागाका कुनै पनि कार्यक्रम गर्न रोक लगाइएको हो । चीन सरकारले उनलाई ‘विदेशी शत्रु’ को सूचीमा राखेको बताइएको छ । केही दिनअघि गागाले तिब्बती नेता दलाई लामासँग भेट गरेकी थिइन् ।
उनले सो भेटका क्रममा तयार पारिएको १९ मिनेट लामो भिडियो आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेलगत्तै चीन सरकारले यस्तो निर्णय लिएको हो । चीनले लामालाई पृथकतावादी नेता मान्दै आएको छ
Lady Gaga