च्याँउ खाँदा पांच विरामी
असार १५ । भोजपुरको पश्चिमी सिद्धेश्वर–४ डाँडागाउँमा जङ्गली च्याउ खाएर एकै परिवारका पाँचजना बिरामी परेका छन् । बिरामी हुनेमा ३६ वर्षीया साबित्रा खड्का र उनका छोरीहरु उर्मिला, पवित्रा तथा छोराहरु विशाल र हिमाल रहेका छन् । बारीमा उम्रेको कालुङ्गे च्याउ खानासँग खाएका उनीहरु सिकिस्त बिरामी परेका थिए। बिरामी भएपश्चात् उनीहरुलाई छिमेकीले जिल्ला अस्पताल भोजपुर ल्याएका थिए । साबित्राको स्वास्थ्यमा केही सुधार नभएपछि जिल्ला अस्पताल भोजपुरले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।