ताजा खबर News

संसद भवन अगाडि गाइको जात्रा, करोडौंको बगैंचा स्वाहा ! (भिडियो सहित)

संसद भवन अगाडि गाइको जात्रा, करोडौंको बगैंचा स्वाहा ! (भिडियो सहित)

बुधबार बिहानै संसदभवन अगाडि तीनवटा गाइले करोडौंको खर्चमा बनाइएको सडक–बगैंचामा रमिता गरे । संसद भवनको ठीक अगाडि तीन गाईको प्रर्दशनी हेर्दा लोभलाग्दो थियो । शालिन शैलीमा बगैंचामा उभिएर ति गाईले राज्यव्यवस्थाप्रति खिल्ली उडाइरहेकजस्तो देखिन्थ्यो । देशकै सर्वोच्व निकाय संसद भवन अगाडि करोडौं मूल्यमा बनाइएको सडक–बगैंचामा गाईले घण्टौं प्रदर्शन गर्दापनि कोही आएन ।

सर्वसाधरण आफुहरुले गाई धपाए सडक जाम हुने भन्दैथिए । बानेश्वर चोकमा ट्राफिक प्रहरी भएपनि देखेको नदेख्यै गरिरहे । सडक–बगैंचा निर्माणका लागि सरकारले करोडौं खर्च गरेको थियो । बगैंचाको रेखदेखका लागि महिनाको लाखौं खर्च हुने गरेको छ । तर, भगवान भरोसामा मात्र बगैंचा जसोतसो बचेको छ । कर्मचारीको नियत त बगैंचाबाट कमाउन कसरी सकिन्छ भन्ने रहेको प्रष्टैछ । अन्यथा घण्टौं गाईले रमिता गर्दासमेत अत्तोपत्तो नपाउंने कसरी हुन्छ ? गाईले बगैंचा स्वाहा नपारेर के भो, गाईको नाममा बगैंचा स्वाहा पार्ने प्रवृत्ति जो छ ।

Cow in Nepal Samsad Bhawan

विशेष