अन्तरवार्ता News समाज स्वास्थ्य

मर्छु तर महामाफिया लोकमानविरुद्ध महाअभियोगको मागबाट पछि हट्दिन : डाः गोबिन्द केसी (भिडिओ सहित)

मर्छु तर महामाफिया लोकमानविरुद्ध महाअभियोगको मागबाट पछि हट्दिन : डाः गोबिन्द केसी (भिडिओ सहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने मागसहित आमरण अनसनमा बस्ने तयारी गरेपछि गोविन्द केसी फेरि तातो बहशमा छन् । अख्तियारले उनको मानसिक सन्तुलन विग्रेको टिप्पणी गरेको छ । केसीलाई हेर्ने दृष्टिकोण फरकफरक छ । कसैका लागि उनी सन्कीमात्र हुन् भने कसैका लागि उनी निष्कलंक सदाचारी चिकित्सक र चिकित्सा क्षेत्र सुधारका अभियन्ता । उनै केसीसंग कार्कीविरुद्ध महाअभियोगको मागको सेरोफेरोमा रहेर सागर बुढाथोकी र गगन थापाले कुराकानी गरेका छन् ।

बरिष्ठ चिकित्सक गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकामानसिंह कार्की देशकै सबैभन्दा ठूलो माफिया भएको आरोप लगाएका छन् । अख्तियारले केसीमाथि मानसिक सन्तुलन विग्रेको तथा माफियाको माखेसाङ्लोमा परेको आरोपको थियो । सोही सन्दर्भमा नेपाल आजसंगको कुराकानीमा केसीले कार्की महामाफिया भएको जवाफ फर्काएका हुन् । केसी भन्छन्, ‘मलाई यस्तो आरोपले केही फरक पार्दैन । उसले सारा नेपालीको मानबअधिकार हनन गरेको छ, त्यसैले म सारा नेपालीको मानब अधिकारको लागि लडेको छु । मलाई अख्तीयारको बिज्ञप्तीले केही फरक पार्दैन । भन्नेले भन्दै गर्छन म आफ्नो कार्य बिचलित नभईकन गर्छु ।

जस्तोसुकै परिश्थिति आएपनि जनताको लागि लड्छु ।’ कार्कीप्रति निकै आक्रामक देखिएका केसीले कार्की माफियाको गुरु भएको र कार्कीकै संरक्षणमा देशमा माफियाकरण भएको बताए । सानालाई कारवाही गर्ने तर माफियालाई संरक्षण दिने कार्कीका विरुद्ध आफुले अन्तिम सास रहिन्जेल लडिरहेन उनको भनाइ छ । केसी भन्छन्, ‘नेपालको सबभन्दा ठुलो माफिया लोकमान हो ,देश मोफियाले चलाएको छ । तर म यस्तो हुन दिन्न । कोही भ्रष्ट मान्छेले रोक्दैमा म ३ करोड जनताको अधीकार हनन हुन दिन्न ।’

महाअभियोग पुष्टी गर्ने आधार डाक्टर केसीले कार्कीका विरुद्ध महाअभियोग लगाउने लगायत ४ बुंदे माग सार्वजनिक गर्दै माग पूरा नर्भ असार २६ बाट अनसन बस्ने घोषणा गरेका छन् । महाअभियोग लगाउनका लागि संसदको दुई तिहाइ बहुमत आउंछ । कार्कीलाई पदच्युत गर्न उनको स्वच्छिक राजिनामा वा महाअभियोगमात्र विकल्प हो । केसीले माग राख्दैमा महाअभियोग लाग्छ भन्ने छैन । नेपालमा संसदले अहिलेसम्म कसैलाई महाअभियोग लगाएको छैन । त्यसमाथि कांग्रेस, एमाले र माओवादीकै समर्थनमा अख्तियार प्रमुख कार्कीलाई उनीहरुले नै महाअभियोग लगाउने सम्भावनापनि छैन । यस्तो असम्भव मागको आधार के ?

केसी भन्छन्, ‘मैले उसलाई आरोप त्यतीकै लगाएको हैन, मैले सब देखेर नै उसलाई आरोप लगाएको हो । प्रमाण खोज्नु हुन्छ भने अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको लोकमान सिंह कार्की जस्तो धुर्त मान्छेले मलाई खबर गरेर तपाईलाई खबर गरेर भ्रष्टाचार गर्दैन । जहां प्रमाण हुन्छ त्यहा दबाब दिएर निर्दाेषलाई कारबाही गर्छ । भ्रष्टाचार गर्दा,घुस खादा कहाँ बिल लिएर खान्छ र प्रमाण हुन्छ । तर प्रमाण बिस्तारै आउछ, हामी प्रमाण पनि ल्याउछौ । म दाबीको साथ भन्छु उ भ्रष्ट छ, उसले भ्रष्टाचार गरेको छ ।’

के के छन माग केसीले भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्ने कार्की आफैं भ्रष्टाचारमा लिप्त भएको भन्दै तत्काल संसदले उनीविरुद्व महाभियोगको प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका छन । यस्तैे सम्बन्धित आयुक्तहरुमाथि पनि कारबाहीको माग गरेका छन् । आफ्नो र आफन्तको व्यापारिक स्वार्थका लागि कार्कीले काठमाडौं विश्वविद्यालयको मेरिटको भर्ना र निश्चित शुल्कमा भर्ना लगायत समग्र सुधारको प्रक्रिया अवरुद्ध पारेर भ्रष्टहरुलाई संरक्षण गरेको केसीको आरोप छ । कार्कीले विश्वविद्यालयका जिम्मेवार पदाधिकारीलाई ब्ल्याकमेलिङ गरेर राजीनामा समेत गर्न बाध्य पारेको तथा कार्यक्षेत्र नाघेर प्रवेश परीक्षामा हस्तक्षेप गरेको केसीको मागमा उल्लेख छ ।

केसीले चिकित्सा शिक्षा ऐनको मस्यौदामा सबै सरकारी मेडिकल शिक्षण संस्थाहरुको आर्थिक भार सरकारले बेहोर्नुपर्ने, सबै प्रदेशमा एउटा सरकारी मेडिकल कलेजको स्थापना गरिनुपर्ने, काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म मेडिकल , डेन्टल र नसिंङमा नयाँ सम्बन्ध नदिनेलगायतका व्यवस्था हुनुपर्ने माग गरेका छन् । यस्तै माथेमा प्रतिवेदनको सुझावविपरित काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी संसदमा विचाराधीन विधेयक तत्काल फिर्ता गर्न माग गरेका छन् । डाक्टर केसीले सातौ अनसनमा नै भनेका थिए माग पुरा नभए फेरी अनसनमा बस्छु । डाक्टर केसी भन्छन ‘ हाम्रो सबै राजनितिक दलहरु निकम्मा छन, सबै मिलेर आफुनो पद, पैसा र शक्तिको दुरुपयोग गरेर गैराकानुननी काम गरिरहेको छ । देशमा भष्टाचार, अपराध, दण्डहिनता र मफियातन्त्र संस्थागत भैसकेको छ ।’

उनी भन्छन् ‘ कूल जनसङ्याको २० प्रतिसत जनता मात्र ठूला सहरमा बस्छन, बांकी ८० प्रतिसत जनता गाउंmमा बस्छन , देशको तीन चौथाई जनता आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित छन । त्यहा प्रत्येक बर्ष २४ हजार ५ वर्ष मुनिका बालबालिका निमोनिया, झाडापखाला जस्ता सामान्य रोगबाट अकालमा नै मर्छन । प्रत्येक ६ घण्टामा एउटा गर्भवती महिलाको मृत्यु हुन्छ । त्यस्तो ठाऊंमा मेडिकल कलेज छैन । शहरमा थपेको थप्यै गर्ने ?’ 

र यो पनि,

 कतै तपाईलाई पनि क्यान्सर भएको त छैन ?

► क्यान्सर–औषधीको अवैध धन्दा

akthiyar duropayog anusandhan aayog Dr. Gobinda Kc lokman singh karki maha mafia lokman teaching hospital

विशेष