खेल News

बालुवाटरमा मध्यराति बाझाबाझ

बालुवाटरमा मध्यराति बाझाबाझ

बुढा मन्त्री र तन्नेरी कार्याकर्ताको एकैपल्ट बाझाबाझ । गत सोमबार राति ११ बजे देखि बालुवाटरमा यस्तो चल्यो सकिदा भोलिपल्टको१ बजेको थियो । मन्त्रालयको बाँडफाडदेखि नै असन्तुष्ट रहदै आएका खेलकुदमन्त्री सत्यनारायण मण्डल मध्यरातमा केपी ओलीसंग भन्दै थिए । ‘आखिर म मधेशी न परेँ । एउटा मधेशीलाई मन्त्री बनाएको छु भनेर भाषण त गर्नुहुन्छ, तर ममाथि भएको अपमान टुलुटुलु हेरेर बस्नु भएको छ । कतिपल्ट भनिसके मलार्इ न्याय दिनुहोस् कमरेड ! न्याय नदिनु पनि अन्याय हो ।

तपार्इ पनि मेधेशीमाथि अन्याय गर्नपछि पर्नुभएन यसरी यी वृद्ध मन्त्रीको पारोको कारण थियो यही दिन दिउंसोको एउटा घटना । अमेरिकी राजदूत एलाइना बी टेप्लिजले शिष्टारमा भेटका लागि तीन दिन अघि परराष्ट्र मन्त्रालय हुंदै खेलकुद मन्त्रालयमा पत्राचार गरेकी थिइन । सोमबार विहानबाट बालुवाटारमा स्थायी कमिटि बैठक चलिरहेको थियो । प्रदेश संयोजक छान्ने विगायमा लफडा चल्दा बैठक लम्बियो । उनी सवउं संस्थापन पक्षबाट १ नंं प्रदेशको संयोजकका रुपमा प्रस्तावित थिए अर्को पक्षबाट भिम आचार्य ।

यस्तो घम्साघम्सी चलिरहँदा प्रधानमन्त्रीका स्वकिय सचिव रमेश आचार्यले खबर सुनाए, तपाई मन्त्रालय गइहाल्नुहोस रे । अमेरिकी राजदूत तपाइलाई भेट्न आइसक्नु भयो रे । स्वकिय सचिवले मलाई फोन गर्नु भयो । बैठक छाडौं कि राजदूत भेटौं । यस्तो तनावमा बैठक छाडेर मन्त्रालय पुग्नासाथ कर्मचारीहरुसंग पड्किए के हो यो ताल राजदूत आउने पत्राचार तीन दिन अघि भएको छ । मलाई चाहीं आधा घण्टा अगाडीमात्र थाहा दिने त्यो पनि सिरियस मिटीङ चलिरहेको बेला ? के हामी मधेशीलाई पशु भन्ठान्नुभएको छ । हाम्रो टाइम हुँदैन ? हाम्रो काम हुँदैन ?

मन्त्रलायमा राजदूत भेटेर सतयनारायण फेरि बालुवाटार पुगे । त्यतिबेलासम्म माधब नेपाल पक्षिय पदाधिकारी मध्येबाट प्रदेश संयोजक तोक्नुपर्नेमा संस्थापन पक्ष स्थायी कमिटि सदस्य मध्येबाट तोक्नुपर्ने अडानमा अडिग थिए । उनलाई पार्टीको यो झगडासंग उति धेरै मतलब थिएन । मन्त्रालयका बारेमा कुरा गर्न खोज्दै थिए । प्रधानमन्त्रीले बेलुका तपाई र म बेग्लै बसेर कुरा गरौला भनेपछि उनले त्यहि कुरा टुंग्याए । बेलुकीको समयमा प्रधानमन्त्रीको खाली समयको ताकेता गर्दा गर्दै राति १० बजेको समय निकाले र उनि त्यहां पुग्दा ११ बजेको थियो ।

उनले प्रधनामन्त्रीलाई भेटेर भने म मन्त्री हुँ तर मन्त्रालयको कामको बारेमा मलाई नै थाहां हुंदैन । सचिव र सहसचिवहरुले सोध्दैनन् । बरु कहां छ माधव ढुंगेल भनेर खोज्छन् । प्रधानमन्त्रीलाई गुनासो पोख्दै मन्त्री मण्डलले भने म जेल नेल परेको मान्छे त्यो हिजो जन्मिएको फुच्चे माधवले मलाई हेप्ने भन्दै जंगिए पछि प्रधानमन्त्रीले एक हप्तामा समस्याको समाधान गर्ने भन्दै बालुवाटारबाट फर्किए भन्ने समाचार आजको साँघु साप्ताहिकमा रहेको छ ।

Baluwa Tar

विशेष