नेपाल संवेदनशील मुलुकको ३३ औं स्थानमा, सबैभन्दा कमजोर अवस्थामा सोमालिया
असार - १५ । द फाउन्ड फर पिस संस्थाले हालै सार्वजनिक गरेकाे एक तथ्यांकअनुसार साेमालियालार्इ अति सम्बेदनशीले राष्ट्र मानिएकाे छ भने फिल्याण्डलार्इ अति सुरक्षित राष्ट्र रहेकाे छ । नेपाल ३३ अाैँ स्थानमा परेकाे छ ।
उक्त तथ्यांकमा विश्वका विभिन देशहरुकाे जनसंख्याकाे चाप, असमान विकास, सुरक्षा, मानव अधिकार, अार्थिक अवस्था अादि हेरेर अति सम्वेदनशील केही सम्वेदनशील सम्वेदनशील गरी ११ विषयवस्तुमा विभाजन गरिएकाे छ । यस विभाजन अन्तरगत अति सम्वेदनशील साेमालिया, साउथ सुडानलगायत अाठ राष्ट्र रहेका छन् । त्यस्तै केही सम्वेदनशील अफगानिस्तान, पाकिस्तान, इराक लगायत अाठ राष्ट्र रहेका छन् ।
संवेदनशील मुलुकको ३३ औं स्थानमा परेकाे नेपालसँगै इजिप्ट, म्यानमार दक्षिण काेरिया, केन्या लगायत २२ राष्ट्र रहेका छन् । स्पेन, जापान, उत्तर काेरिया, युके, सिंगापुर लगायत १० राष्ट्र राम्राे स्थिर राष्ट्रकाे सूचीमा परेका छन् । दिगाे राष्ट्रकाे सूचीमा भने क्यानडा, अष्ट्रेलिया, पाेर्चुगल लगायत १५ देश रहेका छन् । उक्त संस्थाले विश्वका १७९ मुलुकहरु सम्बेदनशील अवस्थाकाे बारेमा अध्ययन गरेकाे थियाे ।