वार्ता मोर्चासँग होइन संघीय गठबन्धनसँग गर्नु पर्छ : यादव
असार - १५ । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले गठबन्धन आन्दोलनमा रहेकोले समस्या समाधानको लागि वार्ता पनि उसैसँग गर्नु पर्ने स्पष्ट पारेका छन ।
संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र मोर्चाको अलग्गै अस्तित्व रहेकोले अलग्गै पनि वार्ता गर्न सकिने धारणा बाहिर आइरहेको बेला रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा मधेसी मोर्चा पनि संघीय गठबन्धनमै छ । गठबन्धन आन्दोलनमा छ त्यसैले गठबन्धनसँगै वार्ता गर्नु पर्छ । अलग अलग बार्ता गरेर समस्याको समाधान ननिस्कने बताए ।
उनले गठबन्धनमा आबद्ध २८ दलले नै प्रस्ताव गरेर आफूलाई संयोजक चयन गरेको दावी गर्दै गठबन्धनका दलले भने जो संयोजक भए केही फरक नपर्ने र संयोजकले आन्दोलन भने हाक्न सक्नु पर्ने धारणा राखे ।
उनले सत्तामा रहेका दलहरु गैरजिम्मेवार भएकोले समस्या खडा भएको आरोप लगाउँदै अहिले पनि सत्तामात्रै ओगटेर बस्ने हो भने मुलुकमा विद्रोहबाहेक अरु कुनै विकल्प बाँकी नरहने चेतावनी दिए ।
reports club
upendra yadav