डडेल्धुरामा पाँचसय छ उजुरी
असार - १५। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग डडेल्धुरा जिल्लामा ५०६ वटा उजुरी दर्ता भएका छन् ।
गत वैशाख २ गतेदेखि उजुरी लिन सुरु गरिएको दुवै आयोगमा दुई महिनाको अवधिमा ५०६ उजुरी दर्ता भएको स्थानीय शान्ति समितिले जनाएको छ । समितिका अनुसार ४२ वटा बेपत्ता छानविन र ४६४ सत्य निरुपण तथा मेलमिलापमा उजुरी परेको स्थानीय शान्ति समिति डडेल्धुराका संयोजक गजेन्द्र शाहीले बताउनुभयो । असार मसान्तसम्म उजुरी दर्ता गर्न सकिने भएकाले उजुरीको सङ्ख्या बढ्न सक्ने संयोजक शाहीले जानकारी दिए ।