ताजा खबर News

पहिरोमा परेर तीन खच्चड मरे, मालिक घाइते

पहिरोमा परेर तीन खच्चड मरे, मालिक घाइते

असार  - १५। मुगुको सदरमुकाम गमगढी बजारबाट करिब चारघण्टा पैदल दुरीमा पुगिने माग्री गाविस–१ करुवामा आज बिहान माथिबाट आएको पहिरोले पुर्दा तीन खच्चड मरेका छन् भने खच्चड मालिक घाइते भएका छन् । LandSlideScarpसदरमुकाम गमगढीबाट पूर्वी भेग पुलुस्थित नेपाल खाद्य संस्थानको डिपोमा खाद्यान्न पुर्याएर फर्कँदै गर्दा खच्चड मालिक उक्त पहिरोमा परेका थिए । पहिरोले किच्दा खच्चड मालिक रोबा गाविस–८ का उमाकान्त ऐडी घाइते भएका छन् भने उनका तीनवटा खच्चड मरेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय छाइलका प्रधानाध्यापक शेरबहादुर बिटालुले जानकारी दिए । रासस

mugu

विशेष