ताजा खबर News

कपास उद्योगमा आगलागी, लाखौँको क्षति

कपास उद्योगमा आगलागी, लाखौँको क्षति

असार - १५ । तनहुँको भिमाद गाविसस्थित सुन्दर सुवेदीको कपास उद्योगमा एक्कासी आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

car-show-fire विद्युत् चुहावट भई आगलागी हुँदा उद्योगमा रहेका सबै सामान जलेर खरानी भएको हो । आगलागीबाट रु १२ लाख बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो उद्योगमा आगलागी हुँदा विभिन्न किसिमका मेसिनरी सामान जलेर नष्ट भएको छ । प्रहरी र स्थानीय बासिन्दाले एक घन्टा लगाएर आगो निभाएका थिए । मजदुर घर बाहिर निस्केर भागेकाले मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । रासस

aglagi tanahun

विशेष