भूकम्पपीडितले अनुदान पाउने समय थप लम्बियो
असार १६ । सरकार र नेपाली कांग्रेसबीचको सहमतिले भूकम्पपीडितले अनुदान पाउन थप समय कुर्नुपर्ने भएको छ । नयाँ कार्यविधि बनेपछि मात्र पीडितले अनुदान पाउनेछन् । सरकार र प्रतिपक्षी कांग्रेसबीच पीडितलाई पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा ५० हजार गरी दुई किस्तामा दुई लाख अनुदान दिने सहमति छ ।
तर, त्यसअघि दातृ निकायसाग अनुमति लिनुपर्ने, अहिले कार्यान्वयनमा रहेको कार्यविधि संशोधन गर्नुपर्ने र आर्थिक वर्ष ०७३–७४ को बजेट पारित हुनुपर्नेछ । अहिले प्राधिकरणसँग पुरानै कार्यविधिका आधारमा घर निर्माण अनुदान सम्झौता गरी ५० हजार लिन चाहनेको प्रक्रियासमेत रोकिनेछ ।
नयां पत्रिका
Earth Quake