खेल ताजा खबर News

श्रीलंकालाई पराजित गर्दे इंग्ल्याण्डले जित्यो श्रृँखला

श्रीलंकालाई पराजित गर्दे इंग्ल्याण्डले जित्यो श्रृँखला

Eng असार १६ । चौथो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्डले श्रीलंकालाई ६ विकेटले हराएको छ । बुधबार राति ओभलमा भएको खेलमा श्रीलंकाले प्रस्तुत गरेको तीन सय ६ रनको लक्ष्य इंग्ल्याण्डले ४० दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पुरा गर्यो । जितसँगै इंग्ल्याण्डले श्रृँखलमा आफ्नो पक्षमा पारेको छ । इंग्ल्याण्डको जितमा ज्यासन रोयले एक सय ६२ रन बनाए । यस्तै जोए रुटले ६५, जोन्नी बेयरस्टोले नटआउट २९ तथा कप्तान इयोने मोर्गानले २२ रन बनाए ।

श्रीलंकाका नुवान प्रदिपले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४२ ओभरमा पाँच विकेटको क्षतिमा तीन सय पाँच रन बनाएको थियो । वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा श्रीलंकाका कुशल मेन्डिसले ७७, कप्तान एन्जेलो म्याथ्युजले नटआउट ६७, दिनेश चन्डिमलले ६३ तथा धनुश्का गुनाथिलाकाले ६२ रन बनाए ।

इंग्ल्याण्डका डेविड विल्ली र एदिल रशिदले दुई दुई विकेट लिए । पाँच एक दिवसीय श्रृँखलामा इंग्ल्याण्डले २–० को अग्रता लिएको छ । पहिलो एक दिवसीय बराबरी भएको थियो भने दोस्रोमा इंग्ल्याण्ड १० विकेटले विजयी भएको थियो । तेस्रो खेल भने बिना निष्कर्ष सकिएको थियो ।

Cricket

विशेष