ताजा खबर प्रवास रोजगार News

अफगानिस्तान पठाउन पाँच तहमा दलाली

अफगानिस्तान पठाउन पाँच तहमा दलाली
[caption id="attachment_8988" align="alignnone" width="828"]रामकृष्ण राना रामकृष्ण राना[/caption]

असार १६ । नेपाली कामदारलाई गैरकानुनी रूपमा अफगानिस्तान पठाउन पाँच तहसम्मका गिरोह सक्रिय हुने गरेको रहस्य खुलेको छ । आकर्षक कमाइ हुने प्रलोभन देखाएर विभिन्न तहमा रहेका दलालले अफगानिस्तान जान चाहनेबाट प्रतिकामदार सात लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म असुल्ने गरेका छन् । यस्ता दलालको प्रमुख राजनीतिक दलका उच्चनेता, प्रशासकलगायतसँग सीधा सम्बन्ध हुने गरेको छ । दलालीबाट आर्जित रकमको केही हिस्सा उच्च प्रशासनिक र राजनीतिक तहसम्म पुग्ने गरेको स्रोतले बतायो ।

केही दिनअघि अफगानिस्तानमा आतंककारीले आक्रमण गर्दा नेपाली कामदारहरूको ज्यान गुमाएपछि यो तथ्य खुलेको हो । चारपाँच वर्षअघिसम्म भारतीय मार्ग हुँदै अफगानिस्तानमा अवैध तरिकाले कामदार लैजाने गरिन्थ्यो । पछिल्लो समयमा भारतीय रुटबाट कडाइ हुन थालेपछि दलालले दुबई र कुवेतलाई प्रमुख ट्रान्जिट बनाएको वैदेशिक रोजगारसम्बद्ध स्रोतले बतायो । एक तहका दलाल नेपालमा बस्छन् । गाउँदेखि सहरसम्म धेरै कमाउने प्रलोभनमा विदेश जान चाहने युवा खोज्छन् । जानेको पहिचान भइसकेपछि तीनचार चरणमा पैसाको बार्गे्निङ हुन्छ । पैसा लेनदेनको खाका तयार भएपछि अफगानिस्तान पठाउन सेटिङ तयार हुन्छ ।

यहाँ रहेका गिरोहको जालो दुबई, कुबेत, नयाँदिल्ली र अफगानिस्तानसम्म फैलिएको छ । अवैध तरिकाबाट दुबई पठाउन सबैभन्दा सजिलो तरिका भिजिट भिसा हो । घुम्न जाने भनेर सजिलै भिजिट भिसा लगाइन्छ । भिसा लगाएपछि जान चाहनेले बाँकी किस्ता बुझाउँछन् । भिजिट भिसामा त्यस्ता युवा सीधै दुबई, कुबेत वा दिल्ली पुग्छन् । त्यहाँ पुगेपछि फेरि अर्को दलालसँग सम्पर्क हुन्छ । दलालले त्यहाँ सबै सेटिङ मिलाइसकेको हुन्छ । दुबई तथा कुबेतमा रहेका नेपाली दलाल र त्यहाँका स्थानीय एजेन्टले काम गरिरहेका हुन्छन् ।

त्यहाँको राजनीतिक र प्रशासनिक तहमा सेटिङ मिलाउने जिम्मा स्थानीय एजेन्टले लिएको हुन्छ । पछिल्लो समयमा कामदारलाई सबैभन्दा बढी अवैध रूपमा दुबई हुँदै अफगानिस्तान पुर्याउने गरिएको छ । विमानस्थल, अध्यागमनलगायत आवश्यक ठाउँमा सेटिङ मिलाएर गिरोह फेरि भूमिगत हुन्छन् । कहिलेकाहीं सेटिङमा गडबडी भएका बेला नेपालबाट गएका कामदार हप्तौंसम्म पनि दुबईमा रोकिनुपरेका उदाहरण फेला परेको स्रोतले बतायो ।

अवैध रूपमा सबै काम मिलेपछि दुबई तथा कुबेतबाट सीधै हवाईजहाज चार्टर्ड गरेर अफगानिस्तान पुर्याइन्छ । विमानस्थलबाट काम दिने कम्पनीसम्म पुर्याउने अर्को दलाल हुन्छ । यो दलालले त्यहाँको म्यानपावर कम्पनीलाई कामदार उपलब्ध गराएपछि सम्झौताअनुसार पैसा लिन्छ । अन्नपूर्ण पोष्ट

Kabul Attact

विशेष