ताजा खबर News स्वास्थ्य

नर्सको भरमा कोशी अञ्चल अस्पालको आइसियू

नर्सको भरमा कोशी अञ्चल अस्पालको आइसियू

Koshi Anchal असार १६ । अस्पतालको सघन कक्ष (आइसियू) मा एकजना डाक्टर अनिवार्य हुनुपर्छ । तर कोशी अञ्चल अस्पतालको आईसियु नर्सको भरमा चलेको छ । दैनिक एकपटक राउण्डमा बाहेक अरु बेला डाक्टर नआउने बिरामीका आफन्तको गुनासो छ । अस्पतालका मेसु पोखरेलले आवश्यक परेका बेला डाक्टरलाई बोलाउने गरेको बताए । आफ्नी आमालाई जेठ २९ गतेदेखि आइसियूमा राखे पनि जेठ ३० गते मध्याह्नसम्म नआएको गुनासो एक बिरामीका आफन्त गोपाल पाण्डेले गरे । ‘निजीमा उपचार गर्ने पैसा छैन । सरकारीमा आउँदा डाक्टर आउँदौनन्,’ । आईसियूमा एउटा भेन्टिलेटर जडान भएपनि सञ्चालनमा छैन ।

Nepali Hospital

विशेष