ताजा खबर News

विप्लव माओवादीले सिंहदरबार घेर्ने

विप्लव माओवादीले सिंहदरबार घेर्ने

biplab काठमाडौं, असार १६ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आज सिंहरदरबार घेराउ गर्ने जनाएको छ । माओवादीले एनसेल आक्रमणको आरोपमा पक्राउ परेका आफ्ना नेता÷कार्यकर्ताहरूको रिहाइको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने पनि कार्यक्रम रहेको छ । त्यस्तै, काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शन गर्ने विप्लव माओवादीले जनाएको छ । काठमाडौंमा प्रधानमन्त्रीलाई नै भेटेर र अरु जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीहरूमार्फत आफ्ना नेता कार्यकर्ताहरूको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाइने माओवादी जानकारी दिएको छ ।

माओवादीले ‘सरकारले विना कारण र विना आधार आफ्ना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेर झुटो मुद्दा लगाएकोले ती सबैलाई विना शर्त रिहाइ गर्न माग गरेको छ । त्यस्तै महंगी, कालाबजारी रोक्न र भूकम्पपीडितलाई राहत वितरण तीव्रता दिन माओवादीले विशेष आग्रह गरेको छ । माओवादीले काठमाडौंमा दिउँसो १ बजे शान्तिबाटीकाबाट प्रदर्शन सुरु हुने, त्यसपछि जुलुससहित सिंहदरवार पुग्ने, हनुमानस्थान, बबरमहल, माइतीघरलगायतका क्षेत्रहरूमा प्रदर्शन गर्दै सिंहदरबार छिर्ने नाकाहरू बन्द गराउने जनाएको छ । प्रदर्शन र कोणसभापछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको माओवादीले जानकारी दिएको छ ।

Bipalv

विशेष