२१ म्यानपावर सञ्चालक पक्राउ

असार १६ । अबैध रुपमा म्यानपावर सञ्चालन गरेको अभियोगमा दाङमा २१ वटा म्यानपावर सञ्चालकलाई पक्राउ गरेको छ । बैदेशिक रोजगार विभागबाट अनुमति नलिई शाखा खोलिरहेको, एजेन्टहरुले अबैध रुपमा कामर गरिरहेको र भ्रामक प्रचार गरी अनुमति नपाएका देशमा समेत मानिस पठाइरहेको समाचार आएपछि प्रहरीले ति म्यानपावर सञ्चालकलाई पक्राउ गरेको हो ।
प्रवेशाज्ञा नभएको देशमा समेत अवैध तबरबाट व्यक्तिहरु पठाइरहेको पाइएपछि उनिहरुलाई पक्राउ गरी आवश्यक कागपत्रसमेत नियन्त्रणमा लिएको दाङ प्रहरी प्रमुख धिरजप्रताप सिंहले बताए र कम्पनीका कार्यलयमा छापा मारी घोराहीबाट १२, तुललसीपुरबाट ६ र लमहीबाट २ र भालुबाङबाट एक जनालाई सहित कागजपत्र नियन्त्रणमा लिएको समेत उनले बताए ।
manpower Nepal Police