अपराध सुरक्षा ताजा खबर News

अबैध भारतिय रुपैया सहित पक्राउ

अबैध भारतिय रुपैया सहित पक्राउ

Indian Rupee असार १६ । महोत्तरीमा सशस्त्र प्रहरीले गएराति ११ लाख ७२ हजार १० भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–१२ मलिवारा बस्ने विमलेश पाण्डेय रहेको सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक सुन्दर खड्काले बताए ।

गएराति करिब ९ बजेतिर नेपाल–भारत सीमामा अवस्थित महोत्तरीको मटिहानी बजारबाट मोटरसाइकलमा चढी भारतीय रुपैयाँ बोकेर जिल्ला सदरमुकाम जलेश्वरतिर जाँदै गरेका पाण्डेलाई जलेश्वर–मटिहानी सडकखण्डको जलसागर नजिकै सशस्त्र प्रहरीले चेकजाँच गर्दा उनी भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।

Indian corency

विशेष