ताजा खबर News स्वास्थ्य

नक्कली डाक्टरलाई मुद्धा चलाउन सम्वन्धित जिल्ला पठाइयो

नक्कली डाक्टरलाई मुद्धा चलाउन सम्वन्धित जिल्ला पठाइयो

doctor 1 काठमाडौं, असार १६ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइवीले नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई मुद्धा चलाउन सम्वन्धित जिल्लामा पठाउन शुरु गरेको छ । पक्राउ परेका ३६ जना चिकित्सक मध्ये २० जनालाई सम्वन्धित जिल्लामा पठाइसकिएको जनाएको छ । बांकीलाई बाँकी सबैलाई मुद्धा दर्ताका लागी सम्वन्धित जिल्ला पठाउने तयारी गरेको बताएको छ ।

पक्राउ परेकाहरुविरुद्ध ठगी मुद्धा दायर गर्ने तयारी भएकाले बिगो कायम गर्न चिकित्सकहरुको आम्दानी संकलनमा केही समय लागेको भन्दै सिआइवीका प्रवक्ता दिवेस लोहनीले बिहिबार सम्ममा सबै चिकित्सकहरुलाई सम्वन्धित जिल्ला अदालतमा मुद्धा दायर गर्नका लागी पठाइने बताए । नक्कली प्रमाणपत्रधारी केही चिकित्सकविरुद्ध उपचारका क्रममा भएको त्रुटीबारे उजुरी आउने क्रम जारी रहेकाले अनुसन्धान केही लम्बिएको पनि सिआइवीले जनाएको छ ।

Quake

विशेष