घुसकाे रकम सहित नायव सुब्बा कार्की अख्तियारकाे नियन्त्रणमा

असार - १६ । जिल्ला सरकारी वकिल कार्यलयका नायव सुब्बालार्इ अख्तियारले नियन्त्रणमा लिइएको ।
जिल्ला सरकारी वकिल कार्यलय, काठमाण्डौमा कार्यरत नायब सुब्बा दिपक कुमार कार्कीलार्इ अख्तियारले नियन्त्रणमा लिएकाे छ । नायव सुब्बा कार्कीलाई अभियुक्तका आफन्तसँग घुस २० हजारसहित का.म.न.पा- १३ कालिमाटी स्थित युनाईटेड फाईनान्स लि. अगाडिबाट नियन्त्रणमा अख्तियारले जनाएकाे छ । कार्कीले सरकारी छाप दस्तखत किर्ते मुद्दाका अभीयुक्तसँग मुद्दा मिलाइ दिने भनि घुस मागेका थिए । उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटी गएको टोलीले कार्कीलार्इ नियन्त्रणमा लिएकाे हाे ।
