शिक्षककाे याेग्यताकाे प्रमाणपत्र नक्कली

असार - १६ । माेरङमा निम्न माध्यमिक तरमा कार्यरत शिक्षककाे अाइकम तहकाे शैक्षिक याेग्यताकाे प्रमाणपत्र नक्कली ठहर गरी विशेष अदालत अाराेप पत्र दायर गरिएकाे छ ।
काली उच्च माध्यमिक विद्यालय, डाँगीहाट, मोरङमा निम्न माधयामिक तहमा कार्यरत शिक्षक तर्पणलाल राजवंशीले शुरु नियुक्ति प्रयोजनको लागि पेश गरेको प्रमाणपत्र नक्कली भेटिएकाे हाे । अभियुक्त राजवंशीले बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल, भारतबाट सन् १९९२ मा आई.कम. तह उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएकाे हाे । उनी उपर साविक भ्रष्टाचार निवारण ऐन,२०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ बमोजिम हदैसम्मको दण्ड सजायकाे मागदावीसहित विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरिएको छ ।
Akhtiyar
Morang
