तलिबानले गराएको आत्मघाती आक्रमणमा कम्तीमा ४० जना मारिए

असार —१६ । अफगानिस्तानको राजधानी काबुल नजिकै सुरक्षाकर्मी चढेको दुईवटा गाडीमा आतंकवादी संगठन तालिबानले आक्रमण गर्दा कम्तीमा ४० प्रहरी र सर्वसाधारण मारिएको अफगानी अधिकारीहरूले बताएका छन् ।
काबुल शहरको पश्चिमी इलाकामा भएको एक समारोहमा भाग लिएर फर्किरहेका प्रहरीहरू चढेको गाडीहरूमा दुईटा बम आक्रमण भएका थिए । पगमान जिल्लाका गभर्नर हाजी मोहम्मद मुसा खानले बिबिसीलाई बताएअनुसार अन्य धेरै व्यक्तिहरू घाइते भएका छन् । तालिबानले यो घटनाको जिम्मेवारी लिएको छ । एक हप्ताअघि मात्र तालिबानले एक बसमा आक्रमण गरेर १४ नेपाली मारिएका थिए ।
Afghanistan
Taliban Attact
