ताजा खबर News समाज

खुला विश्वविद्यालयसम्बन्धी विधेयक पारित

खुला विश्वविद्यालयसम्बन्धी विधेयक पारित

असार १६ । “नेपाल खुला विश्वविद्यालय विधेयक, २०७२” लाई व्यवस्थापिका–संसद्ले बहुमतले पारित गरेको छ । 

open universityकरिब एक दशकअघि नेपालको शिक्षा क्षेत्रमा प्रवेश गरेको खुला विश्वविद्यालयको अवधारणा सबैका लागि उच्च शिक्षाको पहुँचका दृष्टिकोणबाट हेर्दा सफल हुने विश्वास गरिएको छ । सो विश्वविद्यालय हाल सञ्चालनमा रहेकाभन्दा नितान्त फरक रहेकाले सोही बमोजिमको व्यवस्थाका आधारमा अघि बढाइनुपर्ने सुझाव छलफलमा सहभागी सांसदहरुले दिए ।

बैठकमा सांसदहरु गणेशमान पुन, कमलप्रसाद पङ्गेनी, रामहरि सुवेदी, वंशीधर मिश्र, जनकराज जोशी, निषाकुमारी साह, प्रेम सुवालले खुला विश्वविद्यालय सञ्चालनका लागि ग्रामीण क्षेत्रसम्म सूचना र प्रविधि विस्तार हुनुपर्ने धारणा राखेका थिए ।

नवीनतम प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले नियमित अध्ययन गर्न विश्वविद्यालय जान नसक्ने विद्यार्थीलाई ध्यानमा राखेर यो अवधारणा ल्याइएको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै ज्ञानमा सबैको पहुँच पुर्याउन खुला विश्वविद्यालयको अवधारणा ल्याइएको स्पष्ट पारे ।

open university Samsad

विशेष