खेल News

प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा र खेलकुद परिषद्का पदाधिकारीबीच अन्तरक्रिया सम्पन्न

प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा र खेलकुद परिषद्का पदाधिकारीबीच अन्तरक्रिया सम्पन्न
 
असार - १६ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग (सिअाइबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु, खेलाडीहरु र खेल सम्बद्ध व्यक्तिहरुबीच नेपाल पुलिस क्लव भृकुटीमण्डपमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । cib कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले खेल आफैमा अनुशासित रुपमा समाजमा प्रस्तुत हुने बिषय भएकाले खेलाडीहरुले एकजुट भएर समाजको विकासका पक्षमा लागेमा अपराधिक क्रियाकलापमा कमी भई शान्ति सुरक्षाको वातावरण बनाउन सकिने बताए । समाज परिवर्तन गर्न खेलाडीहरुको महत्वपूर्ण भूमिका हुने भएकाले नेपाल प्रहरीले खेल क्षेत्रलाई सधै सक्दो सहयोग गर्दै आएको उनले उल्लेख गरे । सो अवसरमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ लगायत राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु, खेलाडीहरु र खेल सम्बद्ध व्यक्तिहरुले युवा शक्ति नै खेल क्षेत्रमा लाग्ने भएकाले समाजको अपराध अनुसन्धान र अपराध नियन्त्रण गर्नेबारे युवालाई ज्ञान दिलाउनु पर्नेतर्फ आ–आफ्नो विचार व्यक्त गरेका थिए।

CIB Cib Nepa Nepali Khelkud

विशेष