नेपाल प्रहरी र वाणिज्य बैंकबीच तलबी खाता समझदारीपत्रमा हस्ताक्षर
असार - १६ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लि.बीच प्रहरी कर्मचारीहरुको तलबी खाता खोली कारोबार गर्ने सम्बन्धी समझदारीपत्रमा बिहिबार हस्ताक्षर सम्पन्न भएको छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको उपस्थितिमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा राष्ट्रिय वाणिज्य बैंक लि.का प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रमेशशेखर बज्राचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीपत्रमा शुन्य मौज्दातमा खाता खोल्ने, जुनसुकै जिल्लाबाट खोलेको खातामा जुनसुकै स्थानबाट कारोबार गर्न र बन्द गर्न सकिने, सेवानिवृत्तसम्म खाता संचालन गर्न सकिने, बचत खातामा मौज्दात रहेको २ लाखसम्मको निक्षेप बिमा हुने, दुर्घटनाका कारण खातावालाको मृत्यु भएमा १ लाखसम्म बिमा उपलब्ध हुने लगायतका बुँदाहरु समेटिएको छ । यो सुविधा ६१ जिल्लामा तत्काल लागू गर्ने र अन्यमा क्रमश शाखा बिस्तार भएपछि लागू गरिने सम्झौतापत्रमा उल्लेख गरिएको छ । समारोहमा प्रहरी अक्तिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु लगायत राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
bandijya bank Nepal Police