अर्थ News

विनोद चौधरीले दिए ६ सय उद्यमीलार्इ परामर्श

विनोद चौधरीले दिए ६ सय उद्यमीलार्इ परामर्श
असार - १६ । क्लकबी बिजनेश इन्नोभेसन्सले विजनेशले राजधानीमा बिजनेश नेटवर्किङ आवर कन्फरेन्स कार्यक्रममा आयोजना गरेको छ । उद्यम व्यवसायमा लागेका व्यवसायीकाे स्टार्टअपलाई सहयोग पुर्याउने उद्देश्यले संचालन गरिएकाे थियाे ।  binod_k_chaudhary देशभरका ६ सयभन्दा बढी व्यवसायीहरु सहभागी रहेकाे कार्यक्रममा अर्बपति बिनोद चौधरी, बैंकर अनिलकेशरी शाह, पत्रकार रविन्द्र मिश्र, बाजेको सेकुवा प्रमुख चेतन भण्डारी, ठमेल डटकमका संस्थापक बालकृष्ण जोशी, प्रिज्मा एडभर्टाइजिङका प्रबन्ध निर्देशक रञ्जित आचार्य, वृहत् ग्रुपका कार्यकारी प्रमुख ओम राजभण्डारीले व्यवसायका विषयमा अाफ्नाे अनुभव राख्दै नेपाल उद्यमशीलताकाे उर्जाशील रहेकाे बताएका छन् । ‘व्यवसाय सफल हुन चाहनेहरुले दिउँसै सपना देख्न सक्नु पर्छ,’ चौधरीले भने ।  सुस्मित ग्रुपका प्रबन्ध निर्देशक सुशील पोखरेल र टिबिआई ग्रुपका प्रबन्ध निर्देशक शिशिर भट्टले नेपालमा स्टार्टाअप बिजनेशको सम्भावना र लगानी मैत्री वातावरणका बारेमा भनाइ राखेका थिए । व्यवस्थापन, व्यवसाय विस्तार सम्भावना, प्रतिफलको मात्रा र लगानी फिर्ता लिने सहज रणनीति स्टार्ट अप कम्पनीका लागि महत्वपूर्ण हुने सुस्मितका प्रबन्ध निर्देशक पोखरेलले बताए । 

binod chudhary rabindra mishar

विशेष