मदन पुरस्कारका लागि प्रारम्भिक छनौटमा परेका कृति
असार २१ । मदन पुरस्कार गुठीले २०७२ सालमा प्रकाशित पुस्तकमध्ये ७ वटा पुस्तक मदन पुरस्कारका लागि प्रारम्भिक छनौट गरेको छ ।
गुठीका सदस्य सचिव कुन्द दिक्षितद्वारा जारी गरिएको विज्ञप्तिमा ७ मध्ये कुनै १ लाई मदन पुरस्कार प्रदान गरिने जनाएका छन् । भुवनहरी सिग्देलको आमोई, रामलाल जोशीको ऐना, नीलम कार्कीको चीरहरण, घनश्याम खड्काको निर्वाण, सरिता तिवारीको प्रश्नहरुको कारखाना, बुद्धिसागरको फिरफिरे र दामोदर पुडासैनीको सीमानका रङ, सीमानका तरङ प्रराम्भिक छनौटमा सफल दरिएका छन् ।