मन्त्रीसंगै अनुगमनमा जांदा आक्रमणमा परेका पत्रकारले जे देखे ! (भिडियो सहित)
काठमाडाैँ बिहानै हामी आपुर्ति बिभागमा जम्मा भयौं । आपुर्ती मन्त्रालय पुग्दा कार्यालय भित्र एकजना मात्रै थिए । उनीपनि फेसबुकमा मस्त थिए । सरहरु आएपछि अनुगमनमा जाने हो भन्दै उनले केही समय पर्खन भने । केही समयमा कार्यलय प्रमुख तथा आपुर्ती बिभाग प्रमुख रामचन्द्र काफले आइपुगे ।
उनले सबै मिडीयाका साथीहरुलाई खाजा खुवाउन निर्देशन दिए । त्यतीन्जेल घडीले आठ बजाइ सकको थियो । उनले कहांकहां जाने भन्ने अनुगमन तालिका सुनाए । गोप्य र आकास्मिक नीरिक्षण भनेर त्यहां पुगेका संचारकर्मी छक्क परे । ‘हामीलाई मात्रै होइन, यिनले व्यवसायीलाईपनि खबर गरीसके ।’ कानेखुशी चलिहाल्यो ।
कालीमाटी पुग्दा
भित्ता र वरिपरिका संरचनामा कालो लिसो टाँसिएको थियो । ठुस्स गनाउने सांघुरो कुनो । कालीमाटी तरकारी बजार फोहोर थुपार्ने डम्पीङ्ग साइडजस्तै देखिन्थ्यो । यसैलाई निसाना बनाएर सरकारी अनुगमन तथा निरीक्षण टोली पुग्यो कालीमाटी तरकारी बजार ।
तरकारी बजार पुग्दा व्यापारीहरु ‘अनुगमन आयो’ भन्दै विषादि हालेका र कुहिन लागेका तरकारी भटाभट लुकाउदै थिए । नाकै फुट्ने गरी गन्हाउने नालीले बजारको बाहिरी भाग टम्मै डुबेको थियो । भित्र तरकारी राखिएको ठाउ कुहिएका तरकारीले थप दुर्गन्धित थियो । त्यही पिसाब गरेको पनि मन्त्री आफैले देखे । उनले मानबीयताको कुरो पनि ख्याल गर्नु पर्यो भनीरहेका थिए ।
[embed]https://youtu.be/_U5y2zaP4Cw[/embed]
हिलोमाथि उफ्रर्दै तरकारी बजारभित्र पुगेका उनी भन्दैथिए, ‘छ्या कस्तो फोहोर बनाएर राखेको ? मान्छेले खाने कुरा हो, कम्तिमा सफा त राख्नुर्पयो नि ।’ सरकारी अनुगमन टोलीले कालीमाटी तरकारी बजार अनुगमन सिध्यायो । तरकारीमा उपभोक्ता ठगिएको, बजारमा विषाक्त तरकारी आएको गुनासो बढेपछि आपूर्ति मन्त्री गणेशमान पुन सहितको टोली लाग्यो कुलेश्वर तिर । बजार व्यवश्थापकलाई तीन दिन भित्र सबै फोहर उठाइ सक्न निर्देशन दिए । मन्त्री फर्किए ।
कुलेश्वर फलफुल बजार पुग्दा मन्त्री चढेको गाडी हिलो र फोहोरमा फसेर चल्न सकेन । आपूर्तिमन्त्री गणेशमान पुन ‘झण्डावाल’ बाट ओर्लेर ‘डण्डावाल’ गाडीमा लिफ्ट लिन बाध्य भए । प्रहरीको गाडीमा चढ्नुअघि उनी केही समय गिजगिज लाग्ने फोहोरमा उभिन र हिड्न बाध्य भए । छेउछाउमा कुहिएका फलफूहरुहरुको दुर्गन्ध सहि नसक्नु थियो । मन्त्री नाक खुम्चाइरहेका थिए ।
लडाकु कमाण्डर रहिसकेका मन्त्री पुनलाई तरकारी व्यवसायी उल्टो सवालजवाफ गर्न खोजिरहेका थिए । तपाईलाई सबै कुरा बताउंछु भन्दै एक आंप व्यवसायीले आफ्नो कुरा काटेको काट्यै गरेपछि पुन झर्किएका थिए । मन्त्रीको निर्देशन लाई बिभाग प्रमुख रामचन्द्र काफलेले टेर्दै नटेरेको प्रस्टै बुझिन्थ्यो । मन्त्री पुनले पटकपटक ढक तराजु जांच गर्न निर्देशन दिंदासमेत अधिकृत काफले ‘मान्छे आउदैछ हजुर’ भन्दै टारीरहेका थिए । काफ्लेले भोलि र पर्सि विभागले कुनकुन निकायको कहां कहां अनुगमन गर्दैछ भन्ने सूचनासमेत कोणसभामै जानकारी दिए ।
फलफुल ब्यबसायीका महासचिब बिनोद पान्डे र अध्यक्ष अमर बानिया एउटा आँपको दाना खाइदिनु परो भनेर अनुरोध गरीरहेका थिए । मन्त्रीको कानमा घरमै पठाइदिउंकी त भन्दै थिए ।
[embed]https://youtu.be/8ctxV-7v6pc[/embed]
मन्त्री फर्के, टोली बल्खु लाग्यो जहां झडप भयो
कालिमाटी र कुलेश्वरको फलफुल पसलको अनुमगन गरेपछि उनी फर्किए । उनले स्वकीय सचिव अर्जुन पाठकलाई अनुगमनमाथि अनुगमन गर्ने जिम्मा दिए । कालिमाटीमा सहजै अनुगमन भएपनि बल्खुमा भने प्रतिकुल स्थिति सृजना भयो । अनुमगन टोलीले मापदण्ड विपरितका ढकतराजु उठाउन थालेपछि व्यवसायी आक्रोशित भए ।
उनीहरुले सरकारी अनुगमन टोलीमाथि इट्टा, आलु, बन्दा, लौकालगायतका तरकारीले हान्न थाले । पत्रकार र कर्मचारीमाथि व्यवसायीले निशाना बनाए । केहीको त भागाभाग नै भयो । झडप मत्थर भएपछि सुरक्षाकर्मी पुगेको थियो । अनुगमनमा जांदा हल्ला गर्दै गएको टोलीले सुरक्षा सावधानी भने अपनाएको देखिएन ।
केहीबेरमा तरकारी व्यवसायी र अनुगमन टोलीका बीचमा वार्ता भयो । समितिका प्रमुख मोहन बस्नेत व्यवसायीको व्यवहारबाट दुःखी भएको प्रतिक्रिया दिइरहेका थिए । समितिले नै ढकतराजुको परीक्षण गर्ने र सोको अनुगमन विभागले गर्ने सहमति भयो । दुधको साक्षी बिरालो राखेर अनुगमन टोली फर्कियो ।
- प्रस्तुती भाैतिक मल्ल
kalimati aakraman
kalimati jhadap