ताजा खबर News समाज

सामाजिक सुरक्षा भत्तासहित गाविस सचिव नै कुलेलाम ठाेकेपछि

सामाजिक सुरक्षा भत्तासहित गाविस सचिव नै कुलेलाम ठाेकेपछि
सिरहा २१ असार  सिरहाको दक्षिणवर्ती गाविस अर्नामा बनिनियाँका गाविस सचिव सामाजिक सुरक्षा भत्ता रकम लिएर दुई महिनादेखि फरार रहेका छन् । सामाजिक सुरक्षा भत्ता रकम लिएर सचिव फरार भएपछि भत्ता आउला र मन लागेको मिठो खाने कुरा खाउँला, एक आङ्ग नयाँ  कपाडा लाउँला भन्ने आशा गरेर बसेका वृद्ध, वृद्धा, अपाङ्ग, असाहयहरु मर्कामा परेका छन् । paisa झापा घर भई सिरहाको अर्नामा बनिनियाँमा कार्यरत गाविस सचिव केशव घिमिरेले गाविसका ८८ एकल महिला, एकसय ९ दलित ज्येष्ठ नागरिक, ७ अपाङ्ग र ८६ अन्य ज्येष्ठ नगरिकको मंसिर, पुस, माघ र फागुनको दोस्रो किस्ताको चौमासिक समाजिक सुरक्षाको ६ लाख ३६ हजार रुपैयाँ रकम लिएर फरार रहेको सिरहाका स्थानीय विकास अधिकारी टुवराज पोख्रेलले बताए । गाविस सचिव सामाजिक सुरक्षाको भत्ता लिएर फरार भएपछि सदरमुकामस्थित जिल्ला विकास समितिमा दैनिकजसो वृद्ध वृद्धा र अपाङ्ग आउने गरेको जिविस सिरहाका लेखा अधिकृत लेखबहादुर कटुवालले बताए ।सामाजिक सुरक्षाको रकम लिएर फरार भएका सचिवको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको जिविस सिरहाले जनाएको छ । सचिवलाई भ्रष्टचार निवारण ऐन अन्तर्गत कारवाही चलाई सेवाबाट बर्खास्त गर्नका लागि लोक सेवा आयोगलाई पत्रचार गरेको पनि स्थानिय विकास अधिकारी पोखरेलले बताए । आर्थिक वर्षको अन्तिम समय भएकाले गाविसको काम प्रभावित नहोस भनेर विकासे काम गर्न गाविसमा अर्को सचिव पठाइएको जिविस कार्याल सिरहाले जनाएको छ ।

विशेष