ताजा खबर News

काेशीयारी भन्छन - दुवै मुलुकबीचकाे सम्बन्धको समीक्षा भयाे

काेशीयारी भन्छन - दुवै मुलुकबीचकाे सम्बन्धको समीक्षा भयाे
काठमाडौं २१ असार नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठक दुई देशकाबीच सन् १९५० मा भएको सन्धिदेखिका सन्धि सम्झौता लगायतका द्विपक्षीय विषयमा भारतको प्रबुद्ध समूहका संयोजक एवम् उत्तराञ्चल प्रदेशका पूर्वमुख्यमन्त्री भगतसिंह कोसियारीले समूहको छलफलमा दुवै मुलुकबीचको सम्बन्धको समीक्षा भएको जानकारी दिएका छन् । nepal varat mitting हिन्दी र अङ्ग्रेजी दुवै भाषामा आफ्नो भनाई राखेको उनले पत्रकार सम्मेलनमा भने, “नेपाल–भारतबीच सन् १९५० को सन्धिपछि कर्णाली र कोसीका नदीमा कति पानी बगे होलान ? परिवारमा त असमझदारी हुन्छ । हाम्रो समूहको बैठकले दुई देशकाबीच कहीँकतै असमझदारी भएमा यसको खोजी गरी समाधान गर्न दुवै देशका सरकारलाई सुझाव दिनेछ ।” संयोजक कोसियारीले नेपाल समृद्ध र खुसी भएको भारत र भारतीय जनताको सधैं चाहना रहने बताउए । उनले भने, “हाम्रो समूहलाई लक्ष्मणरेखाले बाँधिएको छ, रेखालाई नाघेर कुनै सुझाव दिने अधिकार हामीलाई छैन, समूहलाई दिएको कार्यादेशको अधिनमा रही काम गर्छौं ।” संविधानसभामार्फत बहुमतले जारी गरेको नेपालको संविधानलाई भारतले किन समर्थन नगरेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा संयोजक कोसियारीले म राजनीति व्यक्तित्व हुँ तर यो विषय समूहको कार्यादेश बाहिर रहेको छ भने ।नेपाललाई आफूहरूले असल छिमेकीका रूपमा लिएको र नेपालमा भारतले सधैँ राजनीतिक स्थिरता र प्रगति हेर्न चाहेकाले यसका कुनै शङ्का आशङ्का राखिराख्नु हुन्न पूर्वमुख्यमन्त्री कोसियारीले सञ्चारकर्मीलाई जवाफ दिए । समूहमा नेपालकातर्फबाट डा थापाको संयोजकत्वमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वकानुनमन्त्री नीलाम्बर आचार्य र सांसद डा राजन भट्टराई रहेका छन् । त्यस्तै भारतका तर्फबाट पूर्वमुख्यमन्त्री कोसियारीको संयोजकत्वमा जयन्त प्रसाद, महेन्द्र पी लामा र बिएस उप्रेती रहेका छन् । भारतका तर्फबाट बैठककमा सहभागी महेन्द्र पी लामाले दुवै मुलुकबीच अहिले भइरहेको सन्धि सम्झौतालाई पुनरावलोकन गरी कस्तो रुपान्तरण ल्याउन सकिन्छ भनेर समूहले खोजी गर्ने सञ्चारकर्मीलाई बताए । उनले भने, “दुवै देशकाबीच २१औँ शताब्दी अनुकूल हुने गरी सम्बन्धको नयाँ उचाइ खोजी गरिने, यो उचाइ विश्वका लागि उदाहरण बन्न सकोस् ।”भारतका तर्फबाट बैठकमा सहभागी जयन्त प्रसादले जनताको स्तरमा सुदृढ रहेको दुई देशको सम्बन्धलाई नयाँ आयमका रुपमा विकसित गरिनुपर्ने धारणा राखे । समूहको कार्यकाल दुई वर्षको छ । समूहको पहिलो बैठक भएकाले यसमा हुने छलफललाई निकै चासोका रुपमा हेरिएको थियो । बैठकले आफ्ना छलफलको विधि र कसरी अघि बढ्ने भन्ने सम्बन्धमा निर्णयसमेत गरेको हुँदा बैठक निकै सफल भएको उनीहरुले प्रतिक्रिया दिए ।  

विशेष