ताजा खबर News

भोलिको बिदा बारे गृहको विज्ञप्ति, एकपटक आफैं पढेर निर्णय लिनुहोस्

भोलिको बिदा बारे गृहको विज्ञप्ति, एकपटक आफैं पढेर निर्णय लिनुहोस्
काठमाडाैँ २१ असार गृहमन्त्रालयले स्लाम धर्मावलम्बीको पर्व ईद ईदुल्ल फित्रका अवसरमा बुधबार सार्वजनिक बिदा भनी आएको समाचारमा गृहमन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता झम्कनाथ ढकालले  विज्ञप्ति जारी गर्दै  केही अनलाइन समाचारमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन्  । bigyapti भोलि बिदा हो की होइन भन्ने अन्यौलका बीच गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिले थप अन्यौल भने निम्ताएको छ । इदका दिन पहिले नै सार्वजनिक बिदा दिने निर्णय भइसकेको भएपनि भोलि बिदा हुने बारेमा गृहमन्त्रालयले आधिकारिकरुपमा केही भन्न नसक्ने गृहको तर्क छ । गृहका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा मुस्लिम समुदायको इद पर्व चन्द्रमाको उदयसंग सम्बन्धित हुने भएकाले कहिले बिदा भन्ने बारेमा गृहले एकीन गर्न नसकेको हो । उसले बिदाको आधिकारिक सूचना वेभसाइटमा प्रकाशित गरिनेपनि स्पष्ट गरेको छ ।

विशेष