माअाेबादी केन्द्रकाे पाेलिटब्युराेकाे बैठक जारी अायाेजक समितिकाे अाकार घटाउन अाग्रह
काठमाडौं २१ असार । नेकपा माओवादी केन्द्रको पोलिटव्यूरो बैठक काठमाडौँमा आजबाट सुरु भएको छ । पार्टी महाधिवेशनको निर्वाचनको मिति तय गर्न, वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न तथा केन्द्रीय सांगठनिक संरचना र निर्वाचन विधि टुंगो लगाउन पोलिट्ब्यूरो बैठक बस्न लागेको बताइएको छ ।
पार्टी मुख्यालयमा पेरिसडाँडामा मंगलबार बसेको बैठकमा सात वटै प्रदेशबाट रिपोर्टिङ मात्र भएको छ । प्रदेश र प्रवासको जिम्मेवारी तोकिएका नेताहरुले पार्टी एकीकरणपछि कार्यकर्ताहरुमा उत्साह थपिएको भनि रिपोर्टिङ गरीरहेको माआबादी प्रबक्ता पम्फा भुसाले जानकारी दिइन । उनीहरुले रिपोर्टिङका क्रममा महाधिवेशन आयोजक समितिको आकार घटाउन नेतृत्वलाई सुझाव समेत दिएका छन् । १५ सय सदस्यीय समिति निकै ठूलो र भद्दा भएको भन्दै आकार घटाउन सुझाव दिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।बैठकमा सांगठनिक संरचना र निर्वाचन विधि सम्बन्धी प्रतिवेदन वर्षमान पुन संयोजकत्वको कार्यदलले पेश गरेको छ ।
प्रवक्ता भुसालका अनुसार बुधबार बस्ने बैठकले एमाले नेतृत्वको सरकारमा रहने या नरहने बारेमा निर्णय गर्नेदेखि महाधिवेशनको मिति तोक्ने काम गर्ने छ । उनले एमालेले करिब २ महिना पहिले गरेको नौ बुँदे सहमतिको कार्यान्वयनमा गम्भिरता नदेखाएको विषयमा बुधबारको बैठकमा गम्भिरतापूर्वक छलफल हुने जानकारी दिइन् ।