पहिरामा परि ११ जनाको ज्यान गयो
काठमाडौं असार २२ । देशका विभिन्न स्थानमा गएको पहिरोमा परि ११ जनाको मृत्यु भएको छ । प्युठानको रजवारा गाविसमा एकै परिवार ५ र पूजा गाविसमा एकै परिवारका ३ जनाको मृत्यु भएको हो । रजवार गाविसमा मृत्यु हुनेमा ४१ बर्षीय दुर्गाबहादुर मल्ल, उनकी ३७ बर्षीया श्रीमती सीता मल्ल, छोरीहरु १० बर्षीया सुशीला मल्ल, ४ बर्षीया लेखा मल्ल र डेढ बर्षीया सृजना मल्ल रहेका छन् । त्यस्तै, प्युठानको पूजा गाविसमा गएको पहिरोमा परि अर्को एकै परिवारको ३ जनाको मृत्यु भएको छ । बरौंला गाविसमा बाढीमा फसेका १० जना मजदुरको भने सकुशल उद्दार गरिएको छ ।
गोरखाको केरौंजामा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । फलिङपु ४ का १५ बर्षीय सन्दिप घले, ३० बर्षीया चीनमाया गुरुङ र ४५ बर्षीया कान्छीमाया गुरुङको पहिरोले पुरिएर मृत्यु भएको हो । घाइते ३ जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्दार गरी काठमाडौं ल्याएको छ । सेनाले बिपद्को घडीमा तल्काल परिचालन हुने गरी तयारी अवस्थामा रहेको समेत स्पष्ट पारेको छ ।
Griha Mantrala MOHA