भोटेकोशी उर्लिएपछि भागाभाग

असार २२ । भोटेकोसीमा भीषण बाढी आएपछि आसपासका क्षेत्रका बासिन्दाबीच भागाभाग भएको छ । मंगलबार राति खासातिरबाट भोटेकोसी नदीमा भीषण बाढी आएपछि बाह्रबिसे तल्लो तटीय क्षेत्रमा भागाभाग मच्चिएको हो । भोटेकोशी आसपासका बासिन्दा ज्यान जोगाउन भागेर पांच किलोमिटर टाढासम्म पुगेका छन् ।
बाह्रबिसकेको एक ग्यारेजबाट तीन चारवटा सवारी साधन बगाएको छ, । अहिले बाह्रबिसेदेखि खाडीचौरसम्मको बजार खाली छ । ज्यान जोगाउन स्थानीय भागेका छन् । अहिले बाह्रबिसे बजार बजार खाली भइसकेको समेत काभ्रे प्रहरीस्ले जनाएको छ । भोटे कोसी नदीमा ११ वर्षयता कै ठूलो बाढी आएको हो ।
Bhote koshi