सिन्धुपाल्चोकमा अर्को बिपत्ति भिषण बाढी पहिरो
गए राती सीमा नाका तातोपानीमा भोटेकोसी नदी थुनिएपछि त्यस क्षेत्रमा ठूलो क्षति भएको छ । तर त्यस क्षेत्र सडक र सञ्चार सम्वन्ध विच्छेद भएकाले क्षतिको विवरण आउन सकेको छैन । सिन्धुपाल्चोक प्रहरीले बताएअनुसार त्यस क्षेत्रका जम्मु र चाकु गाउको ३० घर डुबानमा परेका छन । बाटो घाटो बन्द भएकाले यातायात चल्न सकेको छैन ।
प्रहरीले बताएअनुसार भोटेकोशी जलबिधुत आयोजना पनि डुबानमा परेको छ । भारी बर्षासँगै चिनियाँ क्षेत्रबाट पहिरो खसेपछि केहिबेर भोटेकोसी थुनिएको थियो । थुनिएको नदी फुटेपछि तल्लो तटिय क्षेत्रमा व्यापक क्षति पुर्याएको हो । ’ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी आएको छ’, सिन्धुपाल्चोकका एसपी रविन्द्र केसीले भने, ’नदीले ठाउँ ठाउँमा सडकनै बगाएपछि बाह्राविसे माथि तिर जान सक्ने अवस्था छैन।’ उनका अनुसार तातोपानी बसपार्क देखि ४ किलोमिटर तल १० किलो सम्म १८ वटा घर क्षतिग्रस्त भएका छन् । झिर्पु स्थित भोटेकोसी जलविद्युत आयोजना क्षतिग्रस्त छ । मानविय क्षतिको सम्वन्धमा कुनै जानकारी आउन नसकेको रविन्द्र केसी बताए ।
Pahiro