खेल ताजा खबर News

रोनाल्डो र बेल कस्ले मार्ला बाजी

रोनाल्डो र बेल कस्ले मार्ला बाजी

wels युरोकप फुटबलमा आज राति पोर्चुगल र वेल्सबीच पहिलो सेमिफाइनल फ्रान्सको लियोनमा हुँदै छ । युरोकपको पहिलो सेमिफाइनलको प्रमुख विशेषता नै मैदानमा वेल्सका गेराथ बेल र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोबीचकै भिडन्त हो । स्पेनिस क्लब रियल म्याड्रिडका दुवै स्टार स्ट्राइकरबीचका आजको भिडन्त हेर्नलायक हुनेछ । फिटनेसमा रोनाल्डोको सहयोग स्टार खेलाडीले भरिएको रियलमा बेल स्थान बनाउन कसरत गरिरहेका थिए । तनावमा रहेका बेललाई रोनाल्डोले नै सहयोग गरे । लाभान्टेविरुद्ध घनिष्ठ बेलको आगमनसँगै रोनाल्डो छायामा नपरेका होइनन् । तर, बिस्तारै रोनाल्डो र बेलबीच सम्बन्ध सुध्रिँदै गयो । सन् २०१४ सम्म दुई खेलाडीबीच घनिष्ठ मित्रता भइसकेको थियो ।

त्यसै सिजन लाभान्टेविरुद्धको खेलमा बेलकै पासमा रोनाल्डोले दुई गोल गरेका थिए । सोही खेलमा रोनाल्डोले पहिलोपटक बेलको पासमा गोल गरेका हुन् । च्याम्पियन्स लिग फाइनलमा पनि एट्लेटिको म्याड्रिडविरुद्धको दोस्रो गोल रोनाल्डोको पासमा बेलले गरेका थिए । कीर्तिमानी रकम रियलले रोनाल्डो र बेललाई समग्रमा १ सय ६६ मिलियन डलर खर्चेको छ । म्यानचेस्टर युनाइटेडबाट रोनाल्डोलाई ८ करोड पाउन्डमा भित्र्याइएको थियो । त्यसवेला त्यो रकम विश्व कीर्तिमानी थियो । पांच वर्षपछि रियलले बेललाई ८ करोड ५० लाख पाउन्डमा अनुबन्ध गर्यो ।

Bell VS Ronaldo Weals Vs Portugal

विशेष