ताजा खबर मनोरञ्जन News

ज्योती मगरले भनिन् : त्यो बच्चा जन्माउने चिज हो

ज्योती मगरले भनिन् : त्यो बच्चा जन्माउने चिज हो
Jyoti-Magar
ज्योती मगर हट गायिका हुन् । गाएरभन्दा पनि कामुक शैलीको प्रर्दशनीका कारण उनी चर्चामा छिन् । सोझासाझा धेरै कलाकारको गुनासो छ, 'बाहिरफेर बोलाउनेले पनि ज्योतीजस्तै अलिकति एक्पोज भइदिनुहोस भन्छन् ।' यस्तै गुनासो गर्ने मध्येकी एक हुन धादिङकी लोक गायिका भगवती उप्रेती । ज्योतीको सामाजिक संजालमा आलोचना धेरै नै हुने गर्छ । फेरी उनैलाई हेर्न र सुन्नका लागि उनको सोमा टनाटन मान्छे पुग्छन् । रोल्पाबाट काठमाडौं आएर पढ्दै गर्दा गायन क्षेत्रमा लागेकी उनीसंग अन्र्तवार्तामा रमाइला कुरा भए । ज्योतीले केही लुकाइनन् । लुकाउन उनलाई त्यति मनपनि पर्दैन । उनको आवरणले नै उनको स्वभावलाई जनाउंछ । उनलाई सोधियो, सेक्स के हो ? ज्योती नारीजन्य लज्जा देखाइन् र बेस्सरी हासिन् । अनि भनिन्, 'त्यो बच्चा जन्माउने चिज हो । बच्चा जन्माउने बेलामा पीडा भएपनि पहिला चाहीं मज्जा दिन्छ ।' यति भनेकी ज्योतीलाई उनले मज्जा लिएकी छन् की छैनन् भनेर सोध्दा के नै हुने भो र ! सोधियो । उनले रमाइलो जवाफ दिइन्, 'भन्न मिल्दैन । यो नेपाली अनलाइन हो ।' सायद, पश्चिमा देशको अनलाइनले सोधेको भए उनले भ्याट्टै भन्थिन्, 'के सोधिराख्नु भाको । नहुने कुरापनि हुन्छ ?' हल्काफुल्काजस्ती देखिने ज्योतीले अन्तरवार्ताका क्रममा निकै गम्भीर कुरा गरिन् । र, यो पनि ► ज्योती मगरका रोचक रोचक अनुभव, रोल्पादेखि विदेशसम्मको यात्रामा यस्तोसम्म भएछ लोकगायिकाको ज्योती मगरलाई सुझाव, जे गर्नु छ बन्द कोठाभित्र गर!

jyoti magar sex Singer

विशेष