ताजा खबर News

कांग्रेस महामन्त्री सशांक भेन्टिलेटरमा, स्वास्थ्य गम्भीर भएपछि एअर एम्बुलेन्समा भारत लैजाने बारेमा अन्यौल

कांग्रेस महामन्त्री सशांक भेन्टिलेटरमा, स्वास्थ्य गम्भीर भएपछि एअर एम्बुलेन्समा भारत लैजाने बारेमा अन्यौल

Shashanka-Koirala

कांग्रेस महामन्त्री एंव सांसद सशांक कोइरालाको ओम अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ । अस्पतालले काठमाडौंमा उपलब्ध बरिष्ठ डाक्टरहरुलाई डाकेर उपचार गराइरहेको छ । डाक्टर भगवान कोइरालासहितको टिम सशांकको उपचारमा जुटेको छ । गएराति देखि उनलाई तारन्तार बान्ता भइरहेको थियो ।

पीजा खाएपछि वान्ता भएको र लगातारको बान्ताको कारण उनको स्वाशप्रश्वास प्रणालीमा समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ । विहानको भन्दा स्वाश्थ्यमा केही सुधार देखिएपनि सशांकको होस खुलिसकेको छैन । महामन्त्री सशांकलाई थप उपचारका लागि एअर एम्बुलेन्सबाट भारत लैजाने बारेमा पनि छलफल भइरहेको छ । अस्पतालबाट नजिकै रहेको त्रिभुवन विमानस्थलसम्म पुर्याउन जोखिम हुन सक्ने अवस्था रहेकाले चिकित्सक र परिवारले सो बारेमा निर्णय लिन सकेका छैनन् । सशांक सिकिस्त भएको खबर पाएसंगै अस्पतालमा कांग्रेसजन र सुभच्छुकको भीड लागेको छ । कांग्रेसको उपलब्ध नेताहरुको आकास्मिक बैठक बस्ने बताइएको छ ।

Sasanka koirala

विशेष