ताजा खबर प्रवास News समाज

हे दैब ! छोराको क्रिया कसैलाई बस्न नपरोस्

हे दैब ! छोराको क्रिया कसैलाई बस्न नपरोस्

Kri

अमेरिकामा सडक दुर्घटनामा परी शुक्रबार निधन भएका वैज्ञानिक किरण लामिछानेको मंगलबार अन्तेष्टि भएको छ । नेपाली समाज टेक्सासका अध्यक्ष समेत रहेका दाजु कृष्ण लामिछानेले कोलम्बियाबाट शब बुझेर टेक्सासमा दाहसंस्कार गरेका हुन् ।

किरणकी श्रीमती राजीपनि टेक्सास गएकी छिन् । अमेरिकास्थित एविसि ल्यावमा कार्यरत किरणलाई सडक पेटीमा हिडिरहेको बेलामा अनियन्त्रित गाडीले ठक्कर दिएको थियो । दाहसंस्कार भएसंगै नेपालमा बुबा रामप्रसादले क्रियाक्रिया थालेका छन् । राजी आठ महिनाकी गर्भे भएकाले बुबा रामप्रसाद क्रिया बसेका हुन् ।

छोराको निधनको खबर पाएलगत्तै काठमाडौं आएका रामप्रसाद मनमैजुको गुम्बा भन्ने ठाऊंमा क्रिया बसेका छन् । उनका तीन छोरा मध्ये माइला कपिल काठमाडौंमा छन् । वातावरण विज्ञानमा पिएचडी गरेका कान्छा किरणको छोरा ३८ बर्षको उमेरमा निधन भयो । रामप्रसाद क्रिया बस्दै गर्दा वातावरण भावपूर्ण बनेको थियो । क्रिया बस्दै गर्दा, रामप्रसादले भगवानसंग प्रथाना गरे, 'हे दैब ! छोराको क्रिया कसैलाई बस्न नपरोस् ।'

र, यो पनि

 अमेरिकामा वैज्ञानिक किरणको सडक दुर्घटनामा निधन भएसंगै नथामिएको बुबाआमाको आंशु

Kiran Lamichhane Krishna Lamichhne Kriya Mala Mahat

विशेष