ताजा खबर News

संशाकले पिज्जामात्र खाएका थिए वा अरु केही ? प्रश्नको घेरामा कोइराला परिवार

संशाकले पिज्जामात्र खाएका थिए वा अरु केही ? प्रश्नको घेरामा कोइराला परिवार

oli

सशांक कोइरालाको चिन्ताजनक अवस्थामा ओम अस्पतालमा उपचार भइरहेको छ । उनको स्वाश्थ्यलाभको कामना भइरहेको छ । संगै, प्रश्नपनि उठेको छः कोइराला परिवार स्वाश्थ्यप्रति किन बेप्रवाह छ ? यो प्रश्न यसअघि पनि उठेको थियो ।

प्रधानमन्त्री भइसकेका सुशील कोइरालाको रहस्यमय मृत्यु भएको थियो । अस्पताल नलगिएपछि उनको मृत्युप्रति प्रश्न उठेको थियो । विशिष्ट व्यक्तित्वको हैसियतमा राज्यको सुविधा उपयोग गरिरहेका सुशील मृत्युसंग निवासमै जुंधिरहे । तर, उनलाई नजिकै रहेको अस्पताल लगिएन ।

कांग्रेस महामन्त्री सशांक पेशाले आफैं डाक्टर हुन् । उनी स्वास्थ्यका बारेमा आफैंपनि सचेत हुनुपर्ने हो । उनले पिज्जा खाएकाले बमिट लगातार भएको र स्वाशप्रश्वास प्रणालीमा गम्भीर समस्या पैदा भएको जनाइएको छ ।

मदिरा औंधी रुचाउने सशांकले मद्यपान गरेका थिए वा थिएनन् ? खुलाइएको छैन । यदि उनलाई लगातार वान्ता भएको थियो भने किन बेलैमा अस्पताल लगिएन   ? विहान ५ः३० बजेमात्रै चिन्ताजनक अवस्थामा अस्पताल ल्याइएको ओम अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । अहिले कोइरालाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । एअर एम्बुलेन्समा राखेर भारत लैजानसक्ने स्थितिसमेत नरहेको खबर छ ।

जल्दाबल्दा नेताको यो किसिमको अवस्थाले धेरैलाई दुःखी तुल्याएको छ । संगै, प्रश्न उठेको छः सबै सुविधा हुंदाहुंदै किन समयमा अस्पताल लगिएन ? कोइराला परिवारभित्र यस्तो नियति किन दोहोरिन्छ ?

Sasanka koirala

विशेष