शशांकलाइ भेटेपछि आँसु पुछ्दै बाहिरिइन् सुजाता
काठमाडाैँ २२ असार ,कांग्रेस नेतृ सुजाता कोइराला महामन्त्री डाक्टर शशांक कोइरालालको स्वास्थ्य अवस्था बुझेपछि अस्पताल परिसरबाट रूँदै निस्किएएकी छन् ।काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचाररत शंशाकलाई हेरेपछि सुजाता आँसु पुछ्दै अस्पतालबाट बाहिरिएकी थिइन् ।
अस्पताल परिसरमा कांग्रेसका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।कोइरालाको अवस्था स्थिर रहेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिल्ली लगेर उपचार गर्न आग्रह गरे पनि कोइरालाकी पत्नीले भने अस्वीकार गरेकी छिन्। कोइरालाकी पत्नी डा. सुपात्रा ओम अस्पतालकै प्रसुती चिकित्सक हुन्।
डा. सुपात्राले चिकित्सकहरुले उपचार गरिरहेकाले तत्काल भारत लान आवश्यक नरहेको बताएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिए। कांग्रेस महामन्त्री डा. कोइरालाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल परिसरमा शुभेच्छुकहरुको भिड लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका नेताले ओम अस्पताल पुगेर कोइरालाको स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका छन्।