ताजा खबर News समाज

मानव तस्करीको आरोप लगाइएकी सांसद गोमा कुवरले कान्तिपुर विरुद्ध मुद्धा हाल्ने

मानव तस्करीको आरोप लगाइएकी सांसद गोमा कुवरले कान्तिपुर विरुद्ध मुद्धा हाल्ने
काठमाडाैँ ,२२ असार ,मानव तस्करीको आरोप लगाइएकी सांसद गोमा कुँवरले मानव तस्करी र सरकारी कागजपत्र किर्तेमा संलग्न भएको आरोप अस्विकार गरेकी छिन् । उनले आफुसंगै सरकारी कागज किर्ते गरी मानव तस्करी गर्न लागेको भनि प्रकाशित समाचारको खण्डन गरेकी हुन् । उनले मानव तस्करी भनेको के हो भनि बुझाइदिन समाचार प्रकाशित गर्ने कान्तिपुरसंग आग्रह गरेकी छिन् । उनले आफुलार्इ सुनियोजित ढंगले आफुलाई सिध्याउन खोजीएको आरोप लागाइन् । goma kuwar1 उनले भरत दुनुवार भन्ने आफ्नो स्वकीय सचिब नभएको स्पष्ट गरेकी छिन् । आफुलाई अनावश्यक व्यक्तिसंग जोडेर बिबादमा पार्न खोजिएको र सोका विरुद्ध कानूनी उपचारमा जाने उनको भनाइ छ । कान्तिपुरले कुवरसहित आठ माओवादी सांसदले आफुसंगै एकएक जनालाई किर्ते कागज गरी आफुसंगै लैजान लागेको समाचार छापेको थियो । स्पेन जान पेस गरेको सरकारी पत्रको नक्कल गरी अर्कै व्यक्तिको नाम थपेर लैजान लागेको भनि प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको जनाइएको छ । परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पिए बनाएर असम्बद्ध ब्यक्तिको नाम थपेको विषयमा केन्द्रिय अनुसन्धान ब्युरोले सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, श्रृजना तमारु खत्री, सन्तकुमार थारु, रुपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि अनुसन्धान अगाडी बढाएको कान्तिपुरको समाचारमा उल्लेख छ । साँसद गोमा कुँबरले नेपाल आजसंगको कुराकानीमा आफुले संसद सचिबालय बाट अनुमति लिएर भिषा आवेदन गरेपनि भिषा आइनसेको जानकारी दिइन । उनले आफ्नो साथमा कसैको नाम नथपेको दाबी गरेकी छिन् । उनले नाम थपिएका भनिएका भरत दनुवारलाई चिन्दै नचिन्ने बताइन । आफु मानव तस्करीमा संलग्न भएको भनि प्रकाशित समाचारको उनले खण्डन गरेकी छिन् । रोहित खड्काको कम्पनीमार्फत भिषा आवेदन दिएको र कम्पनीले बीचमा केही गरेको भए सोको बारेमा आफुले केही बताउन नसक्ने उनको धारणा छ । स्पेनबाट ती सांसदलाई निम्ता गरिंदा बेग्ला बेग्लै मितिका कार्यक्रममा भाग लिन बेग्ला बेग्लै संस्थाबाट बोलाइएको थियो । सांसद कुंवरले २८ जुनदेखि १ जुलाईसम्म स्पेनमा आयोजना हुने ‘इन्टरनेशनल इन्टिच्युट अफ सोसल एन्ड इकोनोमिक साइन्स’को कार्यक्रममा सहभागी हुन आवेदन दिएकी थिइन् ।

manb taskari ko aarop lageka maobadi savasad

विशेष