सशांकको अवस्था झन् जटिल
काठमाडाैँ ,२२ असार ,ओम अस्पतालले कांग्रेस महामन्त्री सशांक कोइरालाको स्वाश्थ्य स्थिति जटिल रहेको जनाएको छ । तीन बजे आयोजित पत्रकार सम्मलेनमा कोइरालाको स्थिति के हुन्छ भन्ने बारेमा केही घण्टा निर्णायक रहेको स्पष्ट गरेको हो ।
उनी भेन्टिलेटरमै रहेको र उनलाई दिइएको औषधीले काम गरिरहेको चिकित्सकको भनाइ छ । उनलाई भारत लैजाने विकल्पपनि खुल्ला राखिएको तर तत्काल लैजाने सम्भावना नरहेको जनाइएको छ ।
‘औषधीले काम गरिरहेको छ, यद्यपी अवस्था गम्भीर छ’ भने, ‘२४ घण्टा नहेरेसम्म केही भन्न सकिने अवस्था छैन ।’ यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले एयर एम्बुलेन्सबाट बिदेश लगेर भएपनि उपचार गराउने भने पनि अझै टुङ्गो लाग्न सकेको छैन ।
उपचारमा संलग्न चिकित्सकले उपचारका लागि लैजानेसमयलाई बिरामीको शरिरले थेग्न सक्ने वा नसक्ने भन्न नसकिने उल्लेख गरे । यद्यपी यस विषयलाई खुला राखेको बताएका छन् ।
बुधबार बिहान ५:३० बजे उनलाई नर्सहरुले अर्धचेत अवस्थामा देखेपछि चिकित्सकलाई खबर गरेका थिए । त्यतिबेला उनको रक्तचाप ६०/४० थियो भने शरिरमा अक्सिजन लेभल मात्र ६९ प्रतिशत थियो । उनले बान्ता पनि गरेका थिए । त्यसपछि चिकित्सकले उनलाई ‘सिपिआर’दिनुका साथै इनट्युबेट गरेका थिए । लगत्तै उनलाई भेन्टिलेटरमा राखिएको थियो ।