ताजा खबर News

स्वास्थ्य केन्द्र चरिकोटमा एकको मृत्यु, आफन्तद्वारा अस्पताल घेराउ

स्वास्थ्य केन्द्र चरिकोटमा एकको मृत्यु, आफन्तद्वारा अस्पताल घेराउ

असार - २२ । प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा एक बिरामीको उपचारको क्रममा मृत्यु भएको छ ।खाेटाङ भीमेश्वर नगरपालिका–१० चोथाङकी ४९ वर्षीया धनलक्ष्मी तामाङको मृत्यु भएको हो ।

hospital-signअस्पतालले ठीक भयो भनि घर फर्काउने तयारी गर्दैगर्दा धनलक्ष्मीको मृत्यु भएको आफन्त नवीन लामाले जानकारी दिए । लामाले चिकित्सकको लापरबाहीका कारण धनलक्ष्मीको मृत्यु भएको भन्दै दोषी चिकित्सकलाई कारबाहीको माग गरेका छन् । अस्पतालका चिकित्सक विनोद दङ्गालले भने बिरामीलाई दम र निमोनिया देखिएकाले जतिबेला पनि जेसुकै हुनसक्ने अवस्था रहेकाले मृत्यु भएको हुनसक्ने बताए ।

मृतकका आफन्तले अस्पताल घेराउ गरेपछि अहिले अस्पतालमा प्रहरी तैनाथ गरिएको छ । तामाङको मृत्यु भएपछि अस्पतालको लापरवाही भन्दै आफन्त आक्रोसित बनेका छन् । आफन्तले डाक्टरलाई कारबाही र परिवारलाई क्षतिपूर्ति नदिएसम्म शव नउठाउने बताएका छन् । रासस

Hospital in nepal khotang

विशेष