माओवादीद्धारा तीन सदस्यीय छानबिन समिति गठन
काठमाडौं, २२ असार । मानव तस्करी आरोप लागेका माओवादी केन्द्रका ८ जना सांसदको बिषयमा छानबीन गर्न माओवादी केन्द्रले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
केन्द्रले माओवादी केन्द्रका नेता अमिक शेरचनको नेतृत्वमा कृष्णबहादुर महरा र पम्फा भुसाल सदस्य रहनेगरी तीन सदस्यीय कार्यदल गठन गरेको माअाेबादी केन्द्रले जनाएकाे छ ।
केन्द्रका अनुसार आज बसेको पोलिटव्यूरो बैठकले अमिक शेरचनको नेतृत्वमा तीन सदस्यी कार्यदलले घटनालाइ गम्भीर रुपमा अध्ययन गरी प्रतिबेदन हेडक्वाटरमा बुझाउने निर्णय गरेको केन्द्रका एक नेताले जानकारी दिए ।