ताजा खबर
News
निजामती सेवालाई थप चुस्त बनाइने
असार - २२ । सामान्य प्रशासनमन्त्री रेखा शर्माले निजामती सेवालाई समावेशी बनाउन प्रयास भइरहेको बताए । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिका छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिने क्रममा उनले निजामती सेवालाई चुस्त बनाउन सरकारले प्राथमिकता दिएको बताएका हुन्।
मन्त्री शर्माले प्रशासन सुधारका लागि जिल्लास्तरमा सार्वजनिक सुुनुवाई गरी गुनासो सुनिएको, स्थानीय भाषामा नागरिक बडापत्र राख्न प्रारम्भ गरिएको, सरुवा बढुवासम्बन्धी मापदण्डलाई व्यवस्थित गरिएको जानकारी दिए ।
उनले निजामती सेवाभित्र देखिएका समस्या सम्बोधन गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउँँदै डिपी, पिआर लिएका कर्मचारीलाई कारबाही गरिएको जानकारी दिए । रासस
Rekha Sharma