एक प्रदेश एक पशु अस्पताल बनाउने
असार - २२ । सरकारले राष्ट्रिय नीति बनाइ एक प्रदेश एक पशु अस्पताल बनाउने भएकाे छ । पशुपंक्षी विकासमन्त्री शान्ता मानवीले पशुपंक्षी नीति मन्त्री परिषद्मा पेस गरिसकेकाे जानकारी दिइन् ।
पशुपक्षी विकासमन्त्री मानवीले मन्त्रालयले राष्ट्रिय पशुपक्षी नीति बनाई स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरेको जानकारी दिँदै नीतिमा नेपाललाई मासु, फूल र दूधमा आत्मनिर्भर हुने लक्ष्य लिएको बताइन् ।
उनले गाईभैँसी स्रोत केन्द्र विस्तार गरी सातवटा बनाउन लागिएको, दुग्ध विकास सस्थानको क्षमता विस्तार र ४५ जिल्लामा बाख्रापालन, सबै जिल्लामा कुखुरापालन कार्यक्रम विस्तार समेत गर्न लागिएको बताइन । उनले प्रत्येक प्रदेशमा पशु अस्पताल स्थापना गर्न लागिएको स्पष्ट पारिन् । मन्त्री मानवीको सो जवाफमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले पूरक प्रश्न गरेका थिए ।
Pasupanchhi niti
Shanta Manabi